Logo

३ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ’अनन्त’ ले सत्तारुढ दलहरूले उपसभामुखलाई पदबाट हटाउने तयारी गरेर विपक्षी दलहरूलाई तर्साउन खोजेको आरोप लगाएका छन्। विपक्षी दलहरूको बैठक बस्नुअघि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘सत्तारुढ दलहरू, खासगरी एमाले र कांग्रेसले बेमौसममा उपसभामुखमाथि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर सुरु गर्नु बेमौसमी कदम हो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न तरिकाले तर्साउने काम चलिरहेको छ, यो त्यसको अर्को उत्कर्ष जस्तो देखियो।’

पुनले एक वर्षअघि पनि यस्तै प्रयास भएको र अहिले पनि विभिन्न स्वार्थमा विपक्षी दलहरूलाई दबाबमा राख्न खोजिएको बताए। उनले वर्तमान सरकारले निरङ्कुश ढङ्गले सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो महत्वाकांक्षा फेरि देखिएको बताए।

उनले थपे, ‘यो लोकतान्त्रिक प्रक्रिया हो। जनताले निर्वाचित गरेका जनप्रतिनिधिको अभिमतलाई सम्मान गरेर अघि बढ्नुपर्छ।’


सम्बन्धित समाचार
भर्खरै