३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारुढ दलहरूले हस्ताक्षर संकलन सुरु गरेपछि विपक्षी दलहरू साझा रणनीति बनाउन जुटेका छन् ।
यसै सन्दर्भमा, नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको आकस्मिक बैठक बसिरहेको छ। बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताहरू सहभागी छन् । त्यसैगरी, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको पनि उपस्थिति छ।
बैठकअघि माओवादीका उपमहासचिव वर्षमान पुनले सत्तापक्षले उपसभामुखलाई हटाएर विपक्षीलाई तर्साउने काम गरेको आरोप लगाएका थिए। माओवादी केन्द्रले कांग्रेस र एमालेको यो कदमलाई गल्ती भनेको छ।















