Logo

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ।

एमालेका एक सांसदका अनुसार, पार्टीले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर उपत्यकाभित्रै रहन र उपत्यकाबाहिरका कुनै पनि कार्यक्रममा सहभागी नहुन भनेको हो। यसले उपसभामुखलाई हटाउने प्रक्रियालाई एमालेकांग्रेसले गम्भीरताका साथ लिएको देखाउँछ।

उपसभामुखविरुद्ध महाभियोग दर्ताका लागि दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। यो कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्‌मा बहुमत सुनिश्चित गर्न चालेको रणनीतिको रूपमा हेरिएको छ।

यद्यपि, विपक्षी दलहरूले यो कदमको विरोध गर्ने तयारी गरिरहेका छन्। कांग्रेसभित्रकै केही सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन्, जसले गर्दा सत्ता गठबन्धनभित्रै एकमत नभएको संकेत देखिएको छ।


सम्बन्धित समाचार