प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ भदौं, काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ दलहरूले चालेको कदमको विपक्षी दलहरूले सशक्त विरोध गर्ने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस र एमालेले सुरु गरेको यो अभियानको प्रतिवाद गरिने जानकारी दिएका छन्। उनले संवैधानिक परिषद्को अवस्थालाई लिएर विपक्षीमाथि भएको यो आक्रमण गलत भएको बताए।

माओवादी अध्यक्ष प्रचण्डले यो कदमलाई सरकारको निरंकुशतावादतर्फको अग्रसरता र विपक्षीको घाँटी निमोठ्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। यो विषय प्रतिनिधि सभाको आगामी बैठकमा पनि उठाउने विपक्षी दलको तयारी छ।

कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो ।


सम्बन्धित समाचार