प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ भदौ,वीरगञ्ज । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रका हालै निर्वाचित पदाधिकारीहरूलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ। मंगलबार महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आयोजित विशेष कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा एसोसिएसनका नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य सदस्यहरूको उपस्थिति थियो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले इञ्जिनियरहरूको भूमिका विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै पेशागत दक्षता, इमान्दारिता र योजनाबद्ध काममार्फत मात्र समृद्धि सम्भव हुने बताए। “महानगरले इञ्जिनियरहरूको सिर्जनात्मकता र योजनाको कार्यान्वयनमा सधैं साथ दिनेछ,” उनले प्रतिवद्धता जनाए।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै व्यावसायिक मर्यादा कायम राख्दै समुदाय र महानगरसँग सहकार्यमा अघि बढ्न सुझाव दिए। उनले समाज विकासमा इञ्जिनियरहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै युवा इञ्जिनियरहरूको क्षमता अभिवृद्धि, तालिम तथा प्रविधिको प्रयोगमा केन्द्रित रहेर संस्था सञ्चालन गर्ने प्रतिवद्धता जनाए। “पेशागत मर्यादा र एकता कायम गर्दै प्राविधिक क्षेत्रमा नवीनता ल्याउने हाम्रो प्राथमिकता हुनेछ,” उनले भने।

त्यसैगरी उपाध्यक्ष श्याम किशोर दास र सचिव मनिष केशरीले संस्था सुदृढीकरण, सदस्यहरूबीच समन्वय र सहकार्यमा जोड दिने बताएका छन्।

कार्यक्रममा सहभागी अन्य इञ्जिनियर तथा पदाधिकारीहरूले पनि वीरगन्जलाई प्राविधिक दृष्टिले समृद्ध, व्यवस्थित र आधुनिक शहर बनाउने प्रतिबद्धता जनाउँदै, महानगरसँग सहकार्यमा काम गर्ने धारणा व्यक्त गरेका थिए।


सम्बन्धित समाचार