प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ भदौ,काठमाडौं । १८ वर्षअघिको गौर नरसंहार घटनाको छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले उक्त परमादेशलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण कदमको रूपमा लिएको बताएका छन्। उनीहरूले सरकार सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि नियोजित रूपमा हमला गर्न उद्यत भएको आरोप लगाएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले सोमबार साँझदेखि नै मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पनि विरोध प्रदर्शन थालेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ’राजनीतिक प्रतिशोध बन्द गर’, ’गौर घटनाको नाममा जसपा नेतृत्वलाई फसाउन पाइँदैन’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।

जसपाले गौर घटनालाई तत्कालीन राजनीतिक सन्दर्भमा भएको भनी व्याख्या गर्दै मुद्दा अघि बढाउनु अन्यायपूर्ण र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको दाबी गर्दै आएको छ। पार्टी निकट विद्यार्थी संगठनले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

 


सम्बन्धित समाचार