४ भदौ, काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका- ६ केराघारीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका- ८ का करिब ३५ वर्षीय रूपेश खरेलको मृत्यु भएको हो।
शुक्रबार पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारि जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो। उनलाई अस्पतालले मृत घोषणा गर्यो। ट्रक र चालक, धनुषाको मिथिला नगरपालिका–१० का माधवकुमार बराललाई नियन्त्रणमा लिएको डीएसपी घलेले बताए।















