Logo

४ भदौ, काठमाडौं ।  अफगानिस्तानमा एउटा ठूलो बस दुर्घटना भएको छ, जसमा १७ जना बालबालिकासहित ७३ जनाको ज्यान गएको छ।

यो दुखद घटनामा ज्यान गुमाउनेहरूमध्ये धेरैजसो इरानबाट स्वदेश फर्किरहेका अफगानी प्रवासीहरू थिए । काबुलतर्फ जाँदै गरेको उक्त बस एउटा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको थियो। दुर्घटनामा बसमा रहेका सबै यात्रुहरूको मृत्यु हुनुका साथै ठोक्किएका अन्य दुई सवारीसाधनका दुई जनाले पनि ज्यान गुमाएको तालिबान अधिकारीहरूले जनाएका छन् ।

पछिल्ला केही महिनादेखि इरानले गृहयुद्धका कारण त्यहाँ पुगेका अफगानी नागरिकहरूलाई स्वदेश फिर्ता पठाइरहेको छ। १९७० को दशकदेखि नै लाखौं अफगानीहरू गृहयुद्ध र सोभियत संघको आक्रमणका कारण इरान र पाकिस्तानमा शरणार्थी बनेर बसोबास गर्दै आएका छन् ।

२०२१ मा तालिबान पुनः सत्तामा आएपछि यो पलायन झनै बढेको थियो । दुर्घटनाले इरानबाट फर्किरहेका प्रवासीहरूको यात्रा कति जोखिमपूर्ण छ भन्ने देखाएको छ।


सम्बन्धित समाचार
भर्खरै