प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुनुभन्दा ठीक एक घण्टाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्ने भएको छ ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार, संसदमा प्रस्तुत हुने विषय र पार्टीको भूमिकाबारे छलफल गर्न दैनिक रूपमा यस्तो बैठक बस्ने गर्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कसले कुन विषयमा बोल्ने र पार्टीको आधिकारिक धारणा के हुने भन्ने विषयमा निर्णय लिन यो छलफल महत्त्वपूर्ण हुनेछ।

अर्यालका अनुसार यो नियमित प्रक्रिया अन्तर्गत नै आजको बैठक पनि हुन लागेको हो। तर, आज रास्वपाबाट उपसभामुख भएकी इन्दिरा रानामगरलाई पदबाट हटाउन लागेको चर्चा चुलिएको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसले रास्वपा संसदीय काममा कति संगठित र योजनाबद्ध तरिकाले अगाडि बढिरहेको छ भन्ने देखाउँछ।

 


सम्बन्धित समाचार