Logo

४ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा प्रति तोला १,६०० रुपैयाँले कमी आएको छ । आज छापावाल सुनको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँ तोकिएको छ, जुन मंगलबार १ लाख ९५ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रति तोला २,३०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ७५ रुपैयाँ घटेर २ हजार २२५ रुपैयाँ कायम भएको छ। यसले सुन र चाँदीमा लगानी गर्न चाहने वा गहना किन्न चाहनेहरूलाई केही राहत मिलेको छ।


सम्बन्धित समाचार
भर्खरै