प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण आजका लागि तय भएको प्रतिनिधिसभा बैठकको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खराब भएकोले उनी आज संसदमा उपस्थित हुन सक्नु भएको छैन। यसलाई ध्यानमा राख्दै आजको प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने निर्णय कार्यव्यवस्था समिति बैठकले गरेको छ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी जानकारी संसदमा दिँदै आगामी कार्यक्रमको नयाँ तालिका पछि सार्वजनिक गरिने बताएका छन्।


सम्बन्धित समाचार