४ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको केही महत्वपूर्ण घटनाहरू अझै रहस्यमय बनेको बताएका छन्। ४ भदौका दिन न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यादवले दरबार हत्याकाण्ड र दासढुंगा काण्ड कसले गराएको हो भन्ने विषय अझै अनुत्तरित रहेको बताएका छन्।
उनले प्रश्न गरे, “देशको राष्ट्र प्रमुखको सुरक्षा व्यवस्था भित्रै यस्तो घटना कसरी हुन सक्यो? यो कसले गरायो?” यादवले नेपालमा सोच्न नसक्ने र अकल्पनीय घटनाहरू भइरहेको उल्लेख गर्दै अनुसन्धान पूरा भइसकेपनि सत्य अझै फेला नपरेको बताए।
उनले भने, “कसैले आरोप लगाउन सजिलो छ, तर चारवटा राष्ट्रसंघीय संस्थाले पनि अनुसन्धान गरेर प्रतिवेदन दिइसकेका छन्। यो कुनै नयाँ कुरा होइन।”
यस्तै, गौर घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको पनि यादवले स्पष्ट पारे। “त्यो समयमा माओवादीका छापामारहरूले आक्रमण गर्दा हाम्रा मान्छे भागिसकेका थिए। उनीहरूसँग हतियार थिए, तर हाम्रा मान्छेसँग केही थिएन,” उनले भने, “तर गाउँका २० हजारभन्दा बढी जनता त्यहाँ थिए।”
उपेन्द्र यादवले यसरी उठाएका प्रश्न र भनाइले राजनीतिक विवाद थप चर्काउने सम्भावना रहेको छ।

















