Logo

४ भदौ, काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेसँग प्रश्न उठाएको छ।

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको भ्रमणमाथि चासो व्यक्त गरेका हुन् । सांसद खतिवडाले उपसभामुखको अमेरिका भ्रमण संसद्को आधिकारिक कार्यक्रम हो कि व्यक्तिगत भनी सभामुखलाई प्रश्न गरेका थिए। जवाफमा सभामुख घिमिरेले उपसभामुख राना ‘व्यक्तिगत भ्रमण’ मा गएको र त्यसको जानकारी आफूलाई गराएको बताएका थिए ।

त्यसपछि सांसद खतिवडाले रातो पासपोर्ट प्रयोग गरेर व्यक्तिगत भ्रमणमा जानु ‘अपारदर्शी’ र ‘नमिल्ने भन्दै आपत्ति जनाएका छन्। उनले उपसभामुखले धेरैपटक यसरी भ्रमण गरेको आरोपसमेत लगाएका छन्। उपसभामुख राना अहिले अमेरिकामा छिन् र उनी भदौ १३ गते नेपाल फर्कने कार्यक्रम छ। यही समयमा सत्ता साझेदार दलहरूले उनलाई पदबाट हटाउने तयारी पनि गरिरहेका छन्।


सम्बन्धित समाचार