Logo

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो राजनीतिक गतिविधिप्रति संकेत गर्दै संख्याको नाममा जे पनि निर्णय गर्न नहुने बताएका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै थापाले भने, “संख्याका आधारमा निर्णय गर्न पाइन्छ, त्यो वैधानिक हुन्छ। तर जनता त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने महत्त्वपूर्ण कुरा हो।”

उनले थपे, “मसँग संख्या छ भनेर जे पनि निर्णय गर्नु हुँदैन। निर्णय वैधानिक मात्र होइन, वैध पनि हुनुपर्छ। जनताले स्वीकार्ने निर्णय हुनुपर्छ। त्यो नभए प्रजातन्त्रको मर्म मर्न जान्छ।”

“कांग्रेसका निर्णयहरू वैधानिक मात्र होइन, वैध पनि छन्”

थापाले नेपाली कांग्रेसले विगतमा गरेका निर्णयहरूलाई जनताले समर्थन गरेका कारण ती वैध भएको दाबी पनि गरे। “हामीले गरेका निर्णयहरू जनताले स्वीकार गरेका छन्, त्यसैले ती निर्णयहरू वैध छन्,” उनले भने।

उपसभामुख रानामगरविरुद्धको कदमप्रति अप्रत्यक्ष आलोचना

थापाको यो भनाइ पछिल्लो समय कांग्रेस र नेकपा एमाले मिलेर उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न दुई तिहाइ बहुमत जुटाउने प्रयास भइरहेका सन्दर्भमा आएको हो। यद्यपि उनले रानामगरको नाम स्पष्ट रूपमा उल्लेख गरेका छैनन्, तर भोटको बलमा गरिने निर्णयप्रति उनको असहमति प्रष्ट झल्किएको छ।

थापाको भनाइले सत्तारूढ गठबन्धनभित्रै पनि उपसभामुखको विषयमा एकमत नरहेको संकेत दिएको छ। यसले संसद् भित्रको बहसलाई थप तातेको छ।


सम्बन्धित समाचार