प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, प्रचण्डले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बेलुकी ६ बजे भेट्ने कार्यक्रम तय भएको छ । भैरहवा कारागारमा रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागारमा सारिएको थियो। उच्च राजनीतिक भेटघाट र कारागार स्थानान्तरणले यो प्रकरणमा थप राजनीतिक चासो बढेको छ।


सम्बन्धित समाचार