Logo

४ भदौ, वीरगञ्ज। गृह मन्त्रालयले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ४४ जना सिडिओको सरुवा गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको गृह मन्त्रालयमै सरुवा भएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सिरहाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। पर्सामा भने पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी आउने भएका छन्।

गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा गरेको हो। बुधबार भएको यो निर्णयसँगै बारामा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल आउने भएका हुन । उनलाई चितवनबाट बारा पठाइएको हो । त्यसैगरी काठमाडौँ र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ। घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख थिए। धादिङमा ओखलढुंगाका सिडिओ विजयराज सुवेदीलाई खटाइएको छ।

यसैगरी, भक्तपुरमा नवराज घिमिरेलाई सरुवा गरिएको छ। दोलखा, भोजपुर, सङ्खुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, दाङ र सिरहाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्।

( कसको कहाँ सरुवा भयो सूचि सहित)


सम्बन्धित समाचार