५ भदौ, काठमाडौँ । सामाजिक सुरक्षा कोषले अनलाइन प्रणालीमार्फत प्रदान हुने सेवा दुई दिनका लागि अवरुद्ध हुने जनाएको छ।
कोषले सार्वजनिक गरेको सूचनाअनुसार, सूचना प्रणालीको प्राविधिक परीक्षण गर्न लागेकाले बिहीबार र शुक्रबार अनलाइन सेवा बन्द रहनेछ। आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि (शुक्रबार) दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने कोषले जनाएको छ।
कोषका अनुसार, सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन आवश्यक प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको हो।















