५ भदौ, काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि थप कडाइको अवस्था सिर्जना गरेको भन्दै सचेत गराएको छ।
दूतावासले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘केही व्यक्तिहरूको ठगीका कारण सबै भिसा आवेदकमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ। हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौँ र हाम्रा अधिकारीहरूले ठगीलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्,’ सूचनामा भनिएको छ।
दूतावासले यदि कसैलाई भिसासम्बन्धी ठगीबारे जानकारी भएमा तुरुन्तै रिपोर्ट गर्न पनि अनुरोध गरेको छ।
















