Logo

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा, र कालापानीको सीमा विवादलाई प्रमुख एजेन्डा बनाउन सुझाव दिएका छन् ।

लिपुलेकको विषय पुनस् चर्चामा आएपछि शर्माले यस संवेदनशील मुद्दामा सरकारले चाल्नुपर्ने ६ वटा महत्वपूर्ण कदमहरू सुझाएका छन्। उनले सरकारलाई सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएर राष्ट्रिय सहमति निर्माण गर्न र संसदबाट पारित ‘चुच्चे नक्सा’ बारे अन्तर्राष्ट्रिय समुदायलाई थप स्पष्ट पार्न आग्रह गरेका छन् ।

शर्माले सन् २०१५ मा भारत र चीनबीच लिपुलेकबारे भएको सहमतिको स्मरण गराउँदै, पछिल्लो घटनाक्रममा पनि कूटनीतिक नोट पठाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनको सुझाव छ कि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका दौरान ऐतिहासिक तथ्यहरूलाई आधार बनाएर सीमा विवादको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ ।

यसका अतिरिक्त, उनले प्रबुद्ध समूह (ईपीजी) को ७ वर्षअघिको प्रतिवेदनलाई दुवै देशका प्रधानमन्त्रीले स्वीकार गरी त्यसैको आधारमा सम्बन्ध सुधारका अन्य विषयहरूमा पनि समाधान खोज्नुपर्ने बताएका छन्। शर्माले भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै ऐतिहासिक तथ्यका आधारमा उनीहरूलाई विश्वासमा लिन जरुरी रहेको बताएका छन् ।


सम्बन्धित समाचार