Logo

५ भदौ, काठमाडौँ। भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमाथि भइरहेको छलफलबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन्। संसदीय समितिका सचिव शिवदत्त बरालका अनुसार, फरक मत लेखेर भोलि शुक्रबारसम्म बुझाउन सकिनेछ। पारित भएको विधेयकमा विपक्षीले  नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएकोले नोट अफ डिसेन्ट लेख्न लागेको बताए ।

फरक मतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सकिने उनको भनाइ छ। यसरी, महत्त्वपूर्ण मानिएको भूमि विधेयकमा सत्ता साझेदार दलभित्रै मतभेद देखिएको छ, जसले यसको भावी प्रक्रियामा थप छलफलको आवश्यकता रहेको सङ्केत गर्दछ।


सम्बन्धित समाचार