५ भदौ, काठमाडौँ। विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले विधेयकमा रहेका केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरूको खारेजी र संशोधनको माग गरेका छन् । माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर चोकसम्म पुगेर पुनः माइतीघरमा फर्किने कार्यक्रम रहेको छ। प्रदर्शनमा सहभागीहरूले आफ्ना मागसहितका ब्यानरहरू प्रदर्शन गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूका ५ बुँदे मुख्य मागहरूः
१.पूर्ण छात्रवृत्तिु शब्द हटाउनुपर्नेस् विधेयकमा रहेको पूर्ण छात्रवृत्ति भन्ने प्रावधान हटाइनुपर्ने माग गरिएको छ।
२.पोशाक र स्टेशनरीको प्रावधान खारेजस् विद्यालयले पोसाक, स्टेशनरी, शैक्षिक सामग्री र खाजाजस्ता वस्तुहरू उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने।
३.गैर नाफामूलक बनाउने प्रावधान हटाउनुपर्नेस् कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई गैर नाफामूलक बनाउने व्यवस्था खारेज गर्नुपर्ने।
४.छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाईस् छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयलाई नै दिनुपर्ने, तर यसका लागि पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति बनाएर वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने।
५. ४५ प्रतिशत आरक्षण खारेजस् शिक्षा विधेयकमा रहेको ४५ प्रतिशत आरक्षणसहितको प्रावधान खारेज गर्नुपर्ने ।
निजी विद्यालय सञ्चालकहरूले आफ्नो अस्तित्व र शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई विधेयकले उपेक्षा गरेको आरोप लगाएका छन्।















