५ भदौ,काठमाडौँ। लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयकलाई पारित गरेको हो।
यस विधेयकमाथि विभिन्न सरोकारवालाहरूबाट फरक-फरक धारणा र मागहरू आउँदै आएका थिए। विशेषगरी निजी विद्यालयका सञ्चालकहरूले विधेयकका केही प्रावधानहरूमा आपत्ति जनाउँदै विरोध प्रदर्शनसमेत गरेका थिए। यसका बाबजुद समितिले विधेयकलाई पारित गरेको छ।
विधेयक अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस गरिनेछ।















