प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ भदौ, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र र राजनीतिक प्रणालीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ुखुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेकोु बताएकी हुन्। भण्डारीले आयातमा आधारित भन्सार, बढ्दो व्यापार घाटा, र विदेशी ऋणको भारले देशको राष्ट्रिय पुँजी विकास हुन नसकेकोमा दुःख व्यक्त गरिन्। उनले सिमित व्यक्तिको पदका लागि मात्र राजनीति गर्न नहुनेमा जोड दिँदै प्रमुख दलहरूले राजनीतिक प्रणालीलाई सही दिशामा अगाडि बढाउन नसकेको टिप्पणी गरिन्।
आफ्नै पार्टी नेकपा एमालेलाई पनि अप्रत्यक्ष रूपमा आलोचना गर्दै उनले भनिन्, ‘म एउटा दलको मात्र कुरा गर्दिनँ, तर एमाले पनि एउटा अग्रज पार्टी भएको नाताले विचार पुर्‍याउनुपर्छ।’

उनले मधेसका जनताले पिउने पानी नपाएको र युवाहरूले रोजगारी नपाएको जस्ता समस्याहरूप्रति दलहरू गम्भीर नभएकोमा असन्तुष्टि जनाइन्। ‘कुराले काम बन्दैन, यथार्थमा काम हुनुपर्‍यो,ु भण्डारीले प्रश्न गरिन्, ‘उद्योगधन्दाहरू किन चल्न सकेका छैनन्उ?’ नले युवाहरूमा बढेको निराशालाई चिर्न सक्ने जिम्मेवारी दलहरूको रहेको पनि बताइन्।


सम्बन्धित समाचार