५ भदौ,बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ स्थित श्री ५ महेन्द्र आधारभूत विद्यालय, नकटुवामा दोहोरो चोरी भएको छ। विद्यालय प्रशासनका अनुसार पहिलो चोरी शनिबार राति, र दोस्रो पटक सोमबार राति भएको हो। प्रधानाध्यापक गौरी नारायण यादवका अनुसार चोरी गर्ने समूहले विद्यालयबाट ८ वटा कम्प्युटर,२ वटा पंखा,१ वटा घण्टी,र अन्य शैक्षिक सामग्री चोरेका छन्।
चोरीको यो घटनाले विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर पारेको भन्दै विद्यालय प्रशासनले गम्भीर चिन्ता व्यक्त गरेको छ।
प्रधानाध्यापक यादवले भने, “सामुदायिक विद्यालयमा यस्ता दोहोरो चोरी हुनु अत्यन्तै निन्दनीय र दुःखद कुरा हो। यसले विद्यार्थीको भविष्य र सिकाइमा असर पु¥याउँछ।”
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। स्थानीय बासिन्दा र अभिभावकहरूले यस्ता घटना रोक्न सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरेका छन्।

















