Logo

६ भदौ, काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्नाका लागि आवेदन खुला गरेको छ। सशस्त्र प्रहरी जवान र विभिन्न ट्रेडका परिचर पदमा नयाँ भर्नाका लागि आवेदन माग गरिएको हो।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज सूचना जारी गरी एक महिनाभित्र आवेदन दिन सकिने जनाएको छ।

यस भर्ना अभियानअन्तर्गत सशस्त्र प्रहरी जवान पदका लागि ७८६ जनाको माग गरिएको छ। यस्तै, सशस्त्र प्रहरी परिचरतर्फ भान्छेमा १६, कुचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जनाको लागि आवेदन आह्वान गरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको समयभित्र आवेदन फारम बुझाउन सक्नेछन्।


सम्बन्धित समाचार