६ भदौ,वीरगञ्ज । कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगञ्जको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खेल वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित आदर्शनगर रंगशालामा शुक्रबार बिहान ६:३० बजेबाट सुरु भएको थियो। प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरे।
कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए। मैत्रीपूर्ण खेलमा प्रहरी प्रशासनको टोलीले सामुदायिक सेवा केन्द्रका खेलाडीहरूलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो।
कार्यक्रममा प्रमुख सहायक जिल्ला अधिकारी सुमन कुमार कार्की, प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइराला, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, भारतीय महावाणिज्यदूत देवी सहाय मीणा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
त्यस्तै, प्रहरी नायव उपरीक्षक सुवास भट्ट, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक लोक राज भट्ट, प्रहरी निरीक्षक रोशन थापा, अमृत बस्नेत, निरोज चौलागाईं, डा. मनोज कुमार गुप्ता (प्रभु अस्पताल), दिलिप राज कार्की, महेश सिंह धामी (वीरगन्ज सामुदायिक आँखा अस्पताल), सुरेश कुमार रुंगटा, इनोभेटिभ युथ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत प्रहरी र समुदायबीचको आपसी समझदारी, सहयोग र सम्बन्ध सुदृढ हुने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।

















