६ भदौ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश समिति सल्लाहकार हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ ।
चितवनको कालिका नगरपालिका–५ का कँडेललाई चितवनबाट नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कबाट भारतका अभिषेक यादव नक्कली प्रमाणपत्रसहित पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट त्रिभुवन विश्वविद्यालयसहित विभिन्न शैक्षिक संस्थाका सयौं नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्टिकर बरामद गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेलको संलग्नता खुलेको हो । कँडेलले चितवनको लायन्स चोकमा ुकलेज कोच नेपाल प्रालिु नामक शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रका अध्यक्ष पनि हुन् । यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















