Logo

फाइल तस्बिर

६ भदौ, काठमाडौं । आफ्ना मागहरू पूरा नभएको भन्दै शिक्षकहरूले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । महासंघले चरणबद्ध आन्दोलनका लागि विभिन्न कार्यक्रम तय गरेको छ। जसअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने, भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने, भदौ १३ र १५ गते क्रमशः सबै पालिका र जिल्ला समन्वय एकाइमा प्रतिनिधिमूलक रूपमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै २ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

महासंघले तोकेको मितिभित्र माग सम्बोधन नभएमा भदौ २१ गतेपछि दोस्रो चरणमा कडा विरोध प्रदर्शन र अन्य अवरोधात्मक कार्यक्रमहरू गर्ने चेतावनी दिएको छ ।


सम्बन्धित समाचार