प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले सरकारले करका दरहरू हेरफेर गरेको भन्दै त्यसको कारणबारे संसदमा जवाफ मागेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिकमै करका दरहरू हेरफेर गर्नुको कारण के हो भनी प्रश्न उठाएका छन् । सांसद पुनले संसद चलिरहेको बेलामा सदनलाई जानकारी नै नदिई यसरी करका दरहरू हेरफेर गर्नु अन्तर्राष्ट्रिय कर सिद्धान्तविपरीत भएको बताएका छन् । उनले सरकारका तर्फबाट अर्थमन्त्रीले यस विषयमा संसदमा आएर जवाफ दिनुपर्ने माग गरे ।

पुनका अनुसार, सरकारले सुन तथा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । त्यसैगरी, काटी, किसमिस, ग्रेप जुस लगायतका वस्तुमा ३५ प्रतिशत अन्तःशुल्क घटाइएको छ । यस्तै, औषधि र प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क पनि घटाइएको उनले जानकारी दिए ।


सम्बन्धित समाचार