Logo

काठमाडौं, भदौ ६ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि नेपाली कांग्रेस, सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै शुक्रबार राजीनामा पत्र बुझाएका हुन् ।

२०५६ सालमा पार्टीको सदस्यता लिएका सिंहले दुई कार्यकाल उपसभापतिको रूपमा काम गरिसकेका थिए । उनी २०७८ फागुन २९ गतेबाट सर्लाही जिल्ला सभापतिको जिम्मेवारीमा थिए ।

राजीनामापत्रमा के लेखेका छन्?

सिंहले आफ्नो राजीनामा पत्रमा सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । यद्यपि, उक्त निर्णयले आफूलाई अन्याय भएको उनको ठहर छ । उनले भनेका छन्, ‘म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइँ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइँ जारी नै रहनेछ ।

तर, सम्मानित अदालतको निर्णय, प्रचलित कानुन र पार्टीको विधानअनुसार सभापतिको जिम्मेवारीमा निरन्तर रहन नसक्ने अवस्था आएपछि आफूले राजीनामा दिएको उनले स्पष्ट पारेका छन् ।


सम्बन्धित समाचार