Logo

६ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको आमसञ्चार विधेयकको विरोधमा पत्रकारहरूले संसद भवन परिसरमै धर्ना दिएका छन् ।

पत्रकार र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो ।

किन भयो विरोध?

कोशी प्रदेश आमसञ्चार विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रावधान राखिएपछि पत्रकारहरू आन्दोलित भएका हुन् । यस प्रावधानलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च लगायतका संगठनहरूले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफ्नो असहमति रहेको र यसलाई सच्याउन माग गरेका छन् ।

धर्ना र प्रहरी हस्तक्षेप

संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमा धर्ना दिएको थियो भने नेपाल पत्रकार महासंघ, कोशी प्रदेशले संसद भवनको गेट अगाडि प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा धर्ना दिएका पत्रकारहरूलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेपछि केहीबेर धकेलाधकेल भएको थियो । यो विधेयक शुक्रबार न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई प्रदेशसभामा पेस भएको छ ।


सम्बन्धित समाचार