प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न आदेश जारी गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यो आदेश दिएको हो । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । यससँगै, अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन विपक्षीहरूलाई पनि बोलाइएको छ ।

जसपा नेपालले २०८२ असार ३२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता केसीले प्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख, संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।


सम्बन्धित समाचार