प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ, काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

बीबीसी हिन्दीले श्रीलंकन प्रहरीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेस गरिनेछ । विक्रमसिंघेमाथि सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कंदा सरकारी खर्चको दुरुपयोग गरेको आरोप लागेको छ । आरोप अनुसार, उनी आफ्नो पत्नीसहित निजी कामको सिलसिलामा लण्डनमा रोकिएका थिए । त्यस क्रममा लागेको खर्च सरकारी कोषबाट बेहोरेको बताइएको छ ।

सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका विक्रमसिंघेले भने आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन् । उनले लण्डनमा रहँदा विभिन्न महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएको दाबी गरेका छन् ।
उनलाई पक्राउ गर्नुअघि आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान लिइएको थियो । विक्रमसिंघे तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले देश छोडेपछि श्रीलंकाको गम्भीर आर्थिक संकटका बेला राष्ट्रपति बनेका थिए ।

 

 

 

 


सम्बन्धित समाचार