Logo

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा केही बेरअघिदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।

अत्यधिक पानीका कारण भिजिबिलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका जहाजहरू अवतरण गर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । हाल, कतारको दोहाबाट आएको कतार एयरवेज, दिल्लीबाट आएको भिस्तारासहित पाँचभन्दा बढी आन्तरिक उडानका जहाजहरू अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् । वर्षा रोकिएपछि मात्र उडानहरू सामान्य हुनेछन् ।


सम्बन्धित समाचार