Logo

७ भदौ, चितवन । सुक्खा पहिरो खसेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

आज बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो।

सडक सुचारु गर्न इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए। उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ। सडक अवरुद्ध भएपछि सैयौँ सवारी साधन र यात्रुहरु बिच बाटोमै रोकिएका छन्।


सम्बन्धित समाचार