Logo

७ भदौ, काठमाडौँ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीच सम्बन्ध विच्छेदको चर्चा फेरि चुलिएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टअनुसार सुनिताले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेकी छन्।

उनीहरूले हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३(१)(i), (ia) र (ib) अनुसार निवेदन पेस गरेको बताइएको छ। सुनिताले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप समेत लगाएकी छन् ।

मामिला गत मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले आपसी समाधान खोज्ने प्रयास गरिरहेको समाचारमा जनाइएको छ । सुनिता निरन्तर अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अहिलेसम्म अनुपस्थित रहेका छन् ।

तर अभिनेता गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी समाचारलाई निराधार भन्दै खारेज गरेका छन् । उनका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुवैबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै, समस्या भए पनि उनीहरूले आफैं समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसअघि पनि गोविन्दा र सुनिता सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा आएका थिए। त्यसबेला गोविन्दाको नाम एक मराठी अभिनेत्रीसँग जोडिएको खबर सार्वजनिक भए पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।


सम्बन्धित समाचार