प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

७ भदौ,वीरगञ्ज । आगामी दुर्गा पूजालाई भव्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले विरगन्ज महानगरपालिका–५, कुम्हालटोलमा २१ सदस्यीय दुर्गा पूजा समिति गठन गरिएको छ।

वडा सदस्य मनोज साहको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाबाट ध्रुव पटेललाई दुर्गा पूजा समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।

गठित समितिमा वरिष्ठ उपाध्यक्षमा सुशिल कुमार वर्णवाल, उपाध्यक्षमा अमन पटेल, सचिवमा राजु साह, सह–सचिवमा दिपेश मुखिया, कोषाध्यक्षमा सुबोध कुमार तथा सह–कोषाध्यक्षमा प्रदीप मुखिया चयन भएका छन्।

समितिको सल्लाहकारमा वडा नं. ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसिया, वडा सदस्य मनोज साह, रितेश प्रसाद वर्णवाल र लालबाबु पण्डित रहनु भएको छ।

सदस्यहरूमा आकाश पटेल, सोनू मुखिया, अर्जुन मुखिया, महेश पटेल, राजेश साह, दिपेन्द्र महतो, सुनिल महतो, आकाश साह र रमेश पटेल रहेका छन्।

समितिले दुर्गा पूजामा सांस्कृतिक कार्यक्रम, झाँकी, भजन किर्तन, विसर्जन यात्रा लगायत विविध कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिरहेको छ।

समितिका अध्यक्ष ध्रुव पटेलले पूजाको आयोजना भव्य र सर्वसमावेशी हुने जानकारी दिँदै सबैको सहकार्यका लागि आग्रह गरेका छन्।


सम्बन्धित समाचार