Logo

८ भदौ, वीरगञ्ज । भुटानको थिम्पुमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

यसअघि समूह चरणमा नेपालले पहिलो खेलमा भारतसँग पराजय भोगेको थियो भने दोस्रो खेलमा घरेलु टोली भुटानलाई पराजित गर्दै उत्कृष्ट पुनरागमन गरेको छ।

चार राष्ट्र – नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको छ । लिग चरण सकिँदा शीर्ष स्थानमा रहने टोली नै प्रतियोगिताको विजेता घोषित गरिनेछ ।

नेपालले आजको खेलपछि भदौ ११ गते बुधबार पुनः बङ्गलादेशसँग, भदौ १३ गते शुक्रबार भारतसँग र भदौ १५ गते आइतबार भुटानसँग खेल्ने तालिका रहेको छ ।


सम्बन्धित समाचार