८ भदौ, वीरगञ्ज । विद्यालय शिक्षा विधेयकका प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक संगठनहरू-प्याब्सन, एन प्याब्सन, हिसान, अपेनलगायतले संयुक्त रुपमा आन्दोलन थालेका हुन् ।
आन्दोलन अन्तर्गत आज आन्तरिक तयारी तथा जुम मिटिङ गर्ने, भोलि प्रतिनिधिसभा र प्रदेशसभा अगाडि धर्ना दिने लगायतका कार्यक्रम घोषणा गरिएको छ। यसअघि उनीहरूले पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न गरिसकेका थिए ।
निजी विद्यालय सञ्चालकहरूले विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने लगायतका विधेयकका व्यवस्थाको विरोध गर्दै यथास्थितिमा सुधार गर्नुपर्ने माग गरेका छन् ।















