Logo

९ भदौ, काठमाडौं । नेपालका विकास बैंकहरूले आफ्नो वित्तीय क्षमतामा उल्लेख्य सुधार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको कुल चुक्ता पुँजी ५० अर्ब ३४ करोड रुपैयाँ नाघेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०र८१ को ४२ अर्ब १७ करोड रुपैयाँको तुलनामा करिब ८ अर्ब रुपैयाँले बढी हो ।

यसले विकास बैंकहरू थप बलियो र सुदृढ बन्दै गएको संकेत गर्छ । चुक्ता पुँजीमा भएको यो वृद्धिले बैंकहरूको लगानी क्षमता बढाउनुका साथै उनीहरूको जोखिम बहन गर्ने क्षमता पनि वृद्धि भएको छ । व्यक्तिगत बैंकहरूको कुरा गर्दा, शाइन रेसुंगा डेभलपमेन्ट बैंक (६ अर्ब ६५ करोड), ज्योति विकास बैंक ६ अर्ब २९ करोड) र लुम्बिनी विकास बैंक (६ अर्ब ६० करोड) जस्ता ठूला बैंकहरूले चुक्ता पुँजी बढाएर आफ्नो वर्चस्व कायम राखेका छन् ।

यसैगरी, महालक्ष्मी (४ अर्ब २९ करोड) , कामना सेवा (५ अर्ब ३१ करोड) र सांग्रिला (३ अर्ब ५५ करोड) जस्ता बैंकहरू पनि बलियो अवस्थामा देखिएका छन् । यो वृद्धिले बैंकिङ प्रणालीमा विकास बैंकहरूको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको पुष्टि गर्छ।

 


सम्बन्धित समाचार