Logo

१० भदौ, काठमाडौं ।  नेपाल रेडक्रस सोसाइटीमा सरकारले गठन गरेको तदर्थ समितिमाथि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सरकारले विनोद शर्माको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरेपछि रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सुदर्शन नेपालले त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा तदर्थ समिति गठन गर्नुको कारण माग गरिएको थियो।

सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै सरकारलाई उक्त तदर्थ समिति गठन गर्नुको कारण लिखित रूपमा पेस गर्न निर्देशन दिएको छ। सो समितिको गठन कांग्रेस र एमालेबीच भागबन्डाका आधारमा भएको आरोप लागेको थियो। यस आदेशले अब सरकारलाई आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने भएको छ।


सम्बन्धित समाचार