११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेको मुद्दामाथि उच्च अदालत, बुटवल इजलासमा सुनुवाइ सकिएको छ।
न्यायाधीश सागर विष्टको इजलासमा रवीले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ भएको हो । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।
बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै पौडेलले यसअघि पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेकी थिइन् । उनको रिट खारेज गर्दै रविलाई छाड्न अदालतले अस्वीकार गरेको थियो । रुपन्देही अदालतले अस्वीकार गरेपछि निकिता उच्च अदालत पुगेकी हुन् ।















