Logo

१४ भदौ, काठमाडौँ । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आज शनिबार ६ वटा रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेलमा चेल्सी र फुलहम आमनेसामने हुनेछन्। यो खेल नेपाली समयअनुसार बेलुकी ५:१५ बजे सुरु हुनेछ ।

त्यसपछि बेलुकी ७:४५ बजे तीन खेल एकैपटक हुनेछ। उल्भ्सले एभर्टनको सामना गर्नेछ भने टोटनह्याम र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ। सोही समयमा हुने अर्को खेलमा सन्डरल्याण्ड र ब्रेन्टफर्ड भिड्नेछन् ।

आजको अन्तिम खेल राति १०:१५ बजे लिड्स युनाइटेड र न्युक्यासल युनाइटेडबीच हुनेछ ।

ईपीएलको लिग तालिकामा अंक थप्ने लक्ष्यसहित मैदानमा उत्रिने यी टोलीहरूको आजका खेलले शीर्ष स्थानका लागि प्रतिस्पर्धा झन् चर्किने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार