१४ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्र हैजाको संक्रमण बढ्दै गएपछि महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बढ्दो जोखिमलाई ध्यानमा राख्दै भाद्र १५ गतेदेखि १७ गतेसम्मका लागि सबै विद्यालयहरू बन्द गरिएका हुन्।
हैजाको संक्रमण फैलन नदिन महानगरपालिकाले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। यस अवधिमा विद्यार्थीहरूलाई भीडभाड हुने ठाउँमा नजान, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र सुरक्षित तथा शुद्ध खानेपानी मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
महानगरपालिकाले अभिभावक र विद्यालय व्यवस्थापनलाई यस स्वास्थ्य संकटको बेला आफ्ना बालबालिकालाई सुरक्षित राख्न आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

















