Logo

१५ भदौ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार साँझ स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। उनी ‘अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।

यस भ्रमणले संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा अध्ययन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाका अनुसार, सिंह भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसअघि मुख्यमन्त्री सिंह भदौ ६ गते चार दिने मलेसिया भ्रमणमा गएका थिए। क्वालालम्पुरस्थित बसाइका क्रममा उनले मलेसियास्थित नेपाली राजदूत तथा आप्रवासी श्रमिकहरूसँग भेटघाट गर्दै वस्तुस्थितिबारे जानकारी लिएका थिए।

लगातार ८ दिनभित्र दोस्रो विदेश भ्रमणमा निस्किएका मुख्यमन्त्री सिंह अनुपस्थित रहँदा, प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पुनः भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई तोकिएको छ।


सम्बन्धित समाचार