Logo

१५ भदौ,सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरामा आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा भएको उक्त दुर्घटनामा रौतहटको गुजरा गाउँपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरी र ३४ वर्षीय भुपेन्द्र चौधरी घाइते भएका हुन्।

प्रहरीका अनुसार, सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकलका चालक महेश पण्डितको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो।
यस्तै, बा ९० प ६७९४ नम्बरको मोटरसाइकलका चालक रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ र उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। सोही मोटरसाइकलमा सवार भुपेन्द्र चौधरीको दाहिने हात र

बायाँ खुट्टामा चोट लागेको र उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै