Logo

१६ भदौ, काठमाडौं। संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदको पदपूर्ति अब शतप्रतिशत बढुवाबाट मात्र नभई खुला प्रतिस्पर्धाबाट पनि हुने भएको छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको छलफलपछि नासु पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो । यसअघि प्रतिनिधिसभाबाट पास भएको निजामती सेवा विधेयकमा नासु पद शतप्रतिशत बढुवाबाट मात्र पदपूर्ति गर्ने प्रावधान थियो, जुन राष्ट्रिय सभामा पुगेर उल्टिएको छ ।

राष्ट्रिय सभाले यसअघि पनि प्रतिनिधिसभाबाट आएको विधेयकमा केही महत्त्वपूर्ण परिवर्तन गरेको थियो। यसअघि समितिले सहसचिव पदमा पनि १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटाएको थियो र विधेयकमा रहेको अतिरिक्त सचिवको व्यवस्थालाई पनि हटाएको थियो ।

 


सम्बन्धित समाचार