Logo

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३५, चमतीबाट प्रहरीले ठूलो परिमाणमा भेप (विद्युतीय चुरोट) सहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ गरेको कारबाहीमा ३,८०० थान भेप बरामद भएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, रामबहादुर गुरुङ र सोलुखुम्बुका कृष्णबहादुर गुरुङ रहेका छन् । प्रहरीका अनुसार, उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तल्लामा उक्त भेप लुकाएर राखेका थिए ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजिकुमार आचार्यले पक्राउ परेका व्यक्तिहरू सामान ओसारपसार गर्ने भरिया रहेको बताए । बरामद गरिएका भेपहरू अवैध रूपमा भन्सार छलेर चीनबाट नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि भेपसहित राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार