Logo

१७ भदौ,वीरगञ्ज । बारा प्रहरीले हराएको स्कुटी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

२०८१ माघ १२ गते राति ११ बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार क्षेत्रबाट हराएको प्रदेश २–०३–०१४ प १९२९ नम्बरको स्कुटीको खोजीका लागि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८२ वैशाख ११ गते साँझ साढे ६ बजे बाराको परवानीपुर गाउँपालिका–३ स्थित नबिल बैंकको ग्राउन्डमा उक्त स्कुटी बेवारिसे अवस्थामा फेला पारेको थियो।

फेला परेको स्कुटीलाई प्रहरी कार्यालयमा राखिएको थियो। अन्ततः, स्कुटीका धनी बारा, परवानीपुर गाउँपालिका–५ बस्ने योगेन्द्र प्रसाद गुप्तालाई मिति २०८२ भदौ १७ गते सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी स्कुटी हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार