प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सेयरबजारमा गिरावट आएको छ ।  सूचक नेप्से १९ दशमलव ८९ अंकले घटेर २७४१ दशमलव ९७ विन्दुमा पुगेको हो ।

कारोबार रकम र कम्पनीहरूको अवस्था

सूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । यस दिन ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये २९ वटाको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढे पनि अरु कम्पनीहरूको मूल्य सामान्य दरमा मात्र बढेको छ। यसैगरी, उन्नति सहकार्य लघुवित्तको सेयर ७ दशमलव ४७ प्रतिशतले र दोर्दी खोला हाइड्रोपावरको सेयर ७ दशमलव ३२ प्रतिशतले घटेको छ।

आज पनि कारोबारमा सबैभन्दा अगाडि नेपाल पुनर्बीमा कम्पनी रहेको छ, जसको २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको पनि २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।


सम्बन्धित समाचार